विस्तापित शिक्षकलाई स्थापित गर्दै तारकेश्वर गाउँपालिका

| २०७९ चैत २२ गतेमा प्रकाशित

नुवाकोट- जिल्लाको तारकेश्वर गाउँपालिकाले विस्तापित शिक्षकहरुलाई स्थापित गर्ने भएको छ । पालिका भित्रका विस्थापित ९ जना शिक्षकलाई असार मसान्त सम्म मार्सिक रु १५ हजारका दरले पारिश्रमिक दिई स्थापित गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए ।


त्यस्तै गाउँपालिकाले शिक्षा समितिलाई समेत पूर्णता दिएको छ । समितिको सदस्यहरुमा खम्वासिंङ तामाङ ,मञ्जु प्रधान, सरू ढुगांना ,विद्या गैरे र जनकराज ढुंगानालाई नियुक्त गरे संगै समितिले पूर्णता पाएको छ ।

साथै गाउँपालिका भित्रका विद्यालयहरुलाई प्रधानाध्यापक नियुक्त गर्न १५ दिनको समय दिएको छ । उक्त समय भित्र नियुक्त नगर्नेहरुका लागि थप ५ दिनको समय दिइएको छ। उक्त समय भित्र पनि प्रधानाध्यापक नियुक्त नगरे शिक्षा समितिले शिक्षा ऐन अनुसार नियुक्ती गर्ने अध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट