दुप्चेश्वर गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

| २०८० बैशाख २२ गतेमा प्रकाशित

काठमाण्डौं- नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको नवनिर्मिति प्रमुख प्रशासकीय भवन उद्घाटन गरिएको छ ।

समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालय परिसरमा शुक्रबार एक समारोहबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उक्त भवन उद्घाटन गरेका हुन् ।

सायद ५ जना मानिसहरू, मन्दिर, मञ्च  र पाठ को फोटो हुनसक्छ

गाउँपालिका अध्यक्ष शंकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशसभा सांसदद्वय रामप्रसाद ढुंगाना, राधिका तामाङ, पूर्वप्रदेश सांसद हिरानाथ खतिवडा, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङलगायत विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, पालिका कर्मचारी र स्थानीयको उपस्थिति रहेको छ ।

सायद ६ जना मानिसहरू, मन्दिर  र पाठ को फोटो हुनसक्छ

दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटारमा निर्माणा गरिएको भवनको लागत २ करोड ४४ लाख रुपैयाँमा रहेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट