अमृत आचार्य (माइला गुरु) को “बादल माथि जुन” डिजिटल बजारमा

| २०८० जेठ २ गतेमा प्रकाशित

काठमाडौं- गायक,सर्जक तथा कुशल सञ्चारकर्मी महेश नेपाल को निर्देशक मा “बादल माथि जुन” डिजिटल बजारमा सार्वजनिक भएको छ । महेश नेपाल स्वयमको शब्द सृजना र अमृत आचार्य (माइला गुरु) को मन लोभ्याउने संगीत मा सजिएको सोहि गीत मदन सुफिक्सको म्युजिक एरेन्ज गरेका हुन् । उक्त गीत अमृत आचार्य (माइला गुरु) को प्रस्तुति मा रहेको छ भने गितमा मोइला गुरु र सविता मगर को सुमधुर स्वर रहेको छ ।

महेश नेपालको निर्देशनमा तयार भएको यस गितको म्युजिक भिडियोमा अमृत आचार्य (माइला गुरु),राज कुमार खनाल, बिनिता दाहाल र मौसमि राना लगायतको दमदार अभिनय देख्न सकीन्छ । नारायण को छायांकन,रोशन धिताल को सम्पादनमा भिडियो तयार भएको हो ।

मौलिक र यथार्थ शब्द समाबेश भएको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै म्युजिक भिडियो का निर्देशक नेपाल जनाएका छन् । उक्त गीत अमृत आचार्य को आफ्नो अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट