ककनी हाइटमा चिया रोपण

| २०८० भदौ २२ गतेमा प्रकाशित

काठमाण्डौ- नुवाकोटको ककनी गाउँपालिकास्थीत ककनी हाइटमा चिया रोपण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किराँतीको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको हो ।

ककनी गाउँपालिका र नेपाल पर्वतारोहण संघको संयुक्त आयोजनामा पर्यटन प्रवद्र्धनलाई लक्षित गर्दै ककनी हाइटमा चिया रोपण कार्य गरिएको गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बताए ।

सायद ४ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ , ककनी गाउँपालिका उपाध्यक्ष मिठु माया तामाङ , सशस्त्र प्रहरी बल ककनी तालिम केन्द्रका प्रमुख कृष्ण ढकाल , पर्वतारोहण संघका राजेन्द्र लामा , वडा अध्यक्षहरु , कर्मचारी , सशस्त्र प्रहरी बलका अधिकृत तथा जवान र पत्रकार, स्थानिय लगाएतको उपस्थिति रहेको थियो ।

सायद १० जना मानिसहरू  र रूख को फोटो हुनसक्छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट