गैंडहवाको सभा हलमा १६ पालिकाको घुम्ती बैठक सम्पन्न

| २०८० असोज ११ गतेमा प्रकाशित

काठमाडौं- रुपन्देहीको जिल्ला गैडहवा गाउँपालिका भित्रका १६ पालिकाहरुको घुम्ती बैठक कार्यक्रम सम्पन्न भएको छ ।

प्रत्येक महिनाको १० गते जिल्ला समन्वय समितिको समन्वयमा बस्ने बैठकले रुपन्देही जिल्लाका पालिका भित्रका समस्या र स्थानीय जनताका आवश्यकता बारेमा छलफल गर्दै आएको गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमकान्त चपाइले हरेक क्षेत्रसंग समन्वय गरेर विकाससंगै अन्य क्षेत्रमा काम गर्दै आएको बताए । यस्तै रुपन्देहीका जिल्ला प्रमुख जिल्ला अधिकारी गणेश अर्याल जिल्लाका सबै पालिकासंग समन्वय गरेर शान्ति सुरक्षा लगायतको बारेमा काम गर्ने बताउँदै आफुले जुनसुकै समयमा सेवा दिने बताए ।

गैडहवा गाउँपालिकाकी उपाध्यक्ष माधुरी जैसवालले स्वागत मन्तव्य घुम्ती बैठकले पालिकाभित्रका समस्याहरुको पहिचान गरी समाधानका लागि सहयोग पुर्याउने बताइनि ।

गैडहवा गाउँपालिकाको कार्यलयमा भएको कार्यक्रममा रुपन्देही जिल्लाका १६ वटा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकाय, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट