अन्तर पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि दुप्चेश्वर गाउँपालिकालाई

| २०८० मंसिर ११ गतेमा प्रकाशित

नुवाकोट- अन्तर पालिकास्तरीय विद्यालय छात्र भलिबल प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका प्रथम भएको छ । जिल्ला भलिबल सङ्घ नुवाकोटको आयोजनामा भएको प्रतियोगितामा दुप्चेश्वरले तादि गाउँपालिकालाई हराएर विजयी भएको हो ।

लिखु गाउँपालिका वडा नं ४ क्षेत्रपाल माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो र विदुर नगरपालिकाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सान्त्वना स्थान प्राप्त गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजेतालाई पूर्वमन्त्री एवं सङ्घीय सांसद हितबहादुर तामाङ र बागमती प्रदेशसभा सदस्य रमेशकुमार महतले पुरस्कार वितरण गरेका थिए । मंसिर ८ गतेदेखि १० गतेसम्म भएको प्रतियोगितामा जिल्लाका ११ पालिकाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्