तारकेश्वर नगरपालिकामा हेमोडायलाईसिस सेवा शुभारम्भ

| २०८० पौष ४ गतेमा प्रकाशित

काठमाडौं- तारकेश्वर नगरपालिकाले हेमोडायलाईसिस सेवा सुरुवात गरेको छ । वडा नं १ साङ्लामा रहेको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रबाट उक्त सेवा शुभारम्भ गरेको छ ।

बुधवार स्थानिय आइतमान तामाङको मृगौला डायलाईसिस गरेर सेवा प्रारम्भ गरिएको वडा अध्यक्ष विदुर सापकोटाले बताए । सेवाको उद्घाटन गर्दै मेयर कृष्णहरि महर्जनले पालिका भित्र रहेका मृगौला पिडित बिरामी अब अन्यत्र गईरहनु पर्ने बाध्यता अन्त्य भएको बताए । साथै सेवालाई चुस्त दुरुस्त बनाउन नगरपालिकाले निरन्तर कार्य गर्ने उनले बताए ।

वडाध्यक्ष सापकोटाको सभापतित्व रहेको कार्यक्रममा मेयर कृष्णहरि महर्जन प्रमुख अतिथि, उपमेयर श्रृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त लगाएत अतिथिका रुपमा उपस्थित थिए भने अन्य जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्थानियको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्