काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति (जिसस) १२ जना भन्दा बढी कर्मचारी नराख्न पत्राचार गरेको छ ।
मन्त्रालयले मंगलबार ७७ वटै जिल्लालाई पत्राचार गर्दै मन्त्रिपरिषद्ले १६ असोजमा स्वीकृत गरेको जिससको सङ्गठन संरचना र दरबन्दी तेरिज गर्ने संशोधन प्रस्तावको आधारमा मात्रै कर्मचारी राख्न पत्र पठाएको हो ।
संशोधित दरबन्दी अनुसार अब जिल्ला समन्वय समितिमा १२ जना सरकारी कर्मचारी र एक जना करारका कर्मचारी बाहेक अन्य कर्मचारी राख्न नपाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस्