जग्गा घोटाला काण्डमा उपमेयर निलम्बित

| २०८० फागुन २१ गतेमा प्रकाशित

काठमाडौं- कैलालीको टीकापुर नगरपालिका उपपमुख खडकबहादुर शाहलाई निलम्बन गरिएको छ ।

टीकापुर जग्गा घोटाला काण्डमा अख्तियारले निलम्बन गरि जानकारी गराउनु भन्दै पत्र पठाएपछि कार्यपालिकाले फागुन १८ गते निलम्बन गरेको हो।

नगरपालिकाका सूचना अधिकारी देवीप्रसाद आचार्यले उपमेयरलाई निलम्बन गरेको जानकारी दिए । अख्तियारको पत्रमा स्वतः निलम्बन हुने लेखिएपछि कार्यपालिकाले निणर्य गरी पठाएको उनले बताए।

यसअघि नै अख्तियारले टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।हालका उपमेयर शाह तत्कालीन नगर विकास समितिका बोर्ड सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट