किस्पाङको वार्षिक विकास योजना अब 'क्युआर कोड'बाट हेर्न सकिने

| २०८० फागुन २९ गतेमा प्रकाशित

काठमाडौं- सरकारी कार्यालयहरु प्रबिधिमैत्री बनिरहदा नुवाकोटको किस्पाङ गाउँपालिकाले पनि आफुलाइ आधुनिक प्रबिधीमैत्री बनाइरहेको छ । गाउँपालिकाले आ.व. २०८०/०८१ को वार्षिक बिकास योजनाको किताबलाई आम नागरिकले अब क्युआर कोडको प्रयोग गरि जुनसुकै बेला जहाँबाट पनि हेर्न सक्ने बनाएको छ ।

गाउँपालिकाले तयार गरेको क्युआर कोडबाट पालिकाको समग्र जानकारी प्राप्त गर्न सकिने छ । गाउँपालिकाको आ.व. २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट साथै पालिका भित्र संचालित बिकास योजना, विनियोजित बजेट, आय व्यय लगायत सम्पुर्ण जानकारी समाबेश गरिएको छ । जिल्लाको १२ स्थानीय तह मध्ये किस्पाङ गाउँपालिका प्रबिधिको उपयोगमा आगाडी रहदै आएको छ ।

जनप्रतिनिधि र कर्मचारीको अग्रसरतामा यस गाउँपालिका समग्र पक्षमा नविनतम कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट