उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाले आर्थिक सहयोग गर्ने

| २०८० चैत १२ गतेमा प्रकाशित

काठमाडौं- टोखा नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने ५० वर्ष भन्दा माथिका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग गर्ने भएको छ ।

सोमबार नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्दै आएका ५० वर्ष भन्दा माथिका नागरिकहरु मध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित महिला, सामुुदायिक स्वास्थ्य स्वयंसेविका, अति सिमान्तकृत, र लोपोन्मुख जातजातीहरुलाई उच्च रक्तचाप र मधुमेह रोग लागि उक्त रोगको औषधी सेवन गरीरहेका नागरिकहरुलाई बढीमा रु ५ हजार सम्म आर्थिक सहयोग गरिने बताइएको छ ।

सूचना जारी भएको ३० दिन भित्र आफू बसोबास गर्ने वडा कार्यालयबाट सिफारिस लिई सोहि वडामा रहेको स्वास्थ्य संस्थामा नाम सूचीकृत गर्न समेत अनुरोध गरिएको छ । आवश्यक कागजात सूचनामा उल्लेख छ ।

पाठ को चित्रण हुन सक्छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट