काठमाडौ- नुवाकोटको तारकेश्वर गाउँपालिकाका सडकहरु धमाधम कालोपत्रे भइरहेको छ । पालिका अन्तरगत अहिले पाँच वटा सडकमा कालोपत्रेको काम भइरहेको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले बताए ।
नयाँ खोलिएका सडकहरुलाइ व्यवस्थित गर्दै लैजाने क्रममा अहिले विभिन्न पाँच स्थानमा सडक कालोपत्रेको काम भइरहेको अध्यक्ष अधिकारीको भनाइ छ । उनका अनुसार वडा नं. २ तारुकाघाटदेखी धादिङको काहुले जोड्ने सडक, वडा नं. ५ को छ्त्रे खोलादेखी मान्द्रे डाडासम्म, वडा नं. ६ को खड्कभञ्ज्याङ् हुँदै मजुवा जोड्ने सडक, त्यस्तै वडा नं. २ को कुलडाडा, आरुबोटेहुँदै धादिङ जोड्ने सडक र वडा नं. ३ को बदेलीहुँदै धादिङ जोड्ने बाटो (यस बाटो निर्माणको सुरुवाती चरणमा आफू अध्यक्ष नहुदा आफ्नै पहलमा सुरु गरेको उनको भनाइ छ) मा कालोपत्रेको काम भइरहेको छ ।
देशभरका स्थानीय तहले पहिलो चरणमा नयाँ सडक बाटो खोल्ने कामलाई प्राथमिकता दिएको भनी चर्को बिरोध समेत भएको थियो । सडक बनाउने नाममा जहातही खन्ने कार्यले व्यापकता समेत पाएकाे थियाे । तारकेश्वरमा नयाँ खोलिएका सडकहरुलाइ व्यवस्थित गर्दै कालेपत्रे गर्नेसम्मको काम भइरहेको छ । बाकी सडकहरु आगामी दिनमा कालोपत्रे गर्दै लैजाने अध्यक्ष अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्