दिपेश न्यौपाने/रानिपौवा- नुवाकोटको ककनी गाउँपालिकाले दिगो विकासलाई जोडदिदै शाखा सडकहरु कालोपत्रे गरिरहेको छ । थोरै काम गर्ने तर दिगो र गुणस्तरीय काम गर्ने भन्ने साझा उदेश्यका साथ पालिका भित्र काम भइरहेको अध्यक्ष सुमन तामाङ (सज्जन) ले बताए ।
अध्यक्ष तामाङका अनुसार, गाउँपालिका भित्र थुप्रै नयाँ तथा पुराना सडक स्तरउन्नतिको काम भइरहेको छ । सोही क्रममा रानिपौवा तल्लो बजारहुँदै ककनी वडा नं. ६ जोड्ने सडक, स्याखु गुम्बा मोटर बाटो, रानिपौवाहुँदै डाँडागाउँ जाने मोटरबाटो र ढुङ्गेपौवा हुदै ककनी ८ वडा कार्यालय जाने बाटोमा कालोपत्रे भइरहेको छ । अन्य सडक कालोपत्रेको कामलाइ आगामी दिनमा निरन्तरता दिदै जाने अध्यक्ष तामाङले बताए ।
ककनीमा हुने हरेक विकासका कार्यहरु तत्कालका लागि मात्र नसोची भविष्यसम्म त्यसको प्रभाव रहने गरि काम गरिरहेको अध्यक्ष तामाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्