प्रहरीले पेस्तोल देखाएपछी तारकेश्वर गाउँपालिकामा तनावग्रस्थ

| २०८१ असार ११ गतेमा प्रकाशित

नुवाकोट- तारकेश्वर गाउँपालिकाको कार्यालय परिसरमा प्रहरीले नागरिकलाई पेस्तोल देखाएपछी अवस्था तनावग्रस्थ भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज तोकिएको गाउँसभाको विरोधमा विहानै देखि कार्यलय परिसरमा स्थानियले विरोध जनाइरहेका थिए ।

गाउँसभा अवैधानिक भन्दै एमाले, माओवादी लगाएतका दलका नेता कार्यकर्ताले विरोध जनाउँदै गर्दा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । सोहि भिडबाट एक प्रहरी असईले पेस्तोल माथि देखाएपछी विरोधमा उत्रिएकाहरु आक्रोसित भएको स्थानिएले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्