नुवाकोट- विदुर नगरपालिका भित्र रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र प्रवर्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन साथै विदुर नगरपालिका र काठमाडौं महानगरपालिका भित्रका सांस्कृतिक सम्पदाहरूको पारस्पारिक सम्बन्धलाई जोड्दै अगाडि लाने विषयमा विदुर नगरपालिका र महानगरपालिकाबिच प्रारम्भिक छलफल भएको छ ।
छलफलमा विदुर नगर प्रमुख राजन श्रेष्ठले काठमाडौ महानगरपालिका नगर प्रमुख बालेन्द्र शाह बालेनलाई विदुर नगर भित्रको ऐतिहासिक नुवाकोट सात तले दरबार, भैरवि मन्दिर, त्रिवेनी स्थल जालपा क्षेत्र, जलविहार (डिसिल्ट्याकीं), वेत्रावति उत्तरगया धाम, स्वयम्भु चैत्य लगायतका विभिन्न कला, संस्कृति तथा भौतिक तथा अभौतिक सम्पदाहरूको अवगत गराउदै सोको संरक्षण र प्रचार साथै आधुनिक नेपालको एकीकरण गर्दा पृथ्वी नारायण शाहले प्रयोग गरेको र हाल नेपाली सेनाले प्रयोगमा ल्याएको एकीकरण पथमार्ग (गोर्खा दरबार, नुवाकोट दरबार, हनुमानढोका दरबार) लाई व्यवस्थित पथमार्गको रूपमा विकसित गर्न लगायत अन्य विषयहरूमा महानगरको समन्वय, सहकार्य र सहयोगको अपेक्षासहित अनुरोध पत्र हस्तान्तरण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्