नुवाकोट- विदुर नगरपालिकाको आ.व २०८१/०८२ को नीतिगत तर्फको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विपद् पूर्व तयारी तथा सडक सरसफाईकर्मीहरुको लागि अभिमुखिकरण कार्यक्रम तथा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विदुर नगरपालिका अन्तर्गतका वडाहरुको सडकमा बर्षातको समयमा हुन सक्ने जोखिम न्यूनिकरणको लागि विपद् पूर्व तयारी तथा पहिरो तथा सडक नाली जाम भई यातायात संचालनमा कठिनाई लगायतका समस्या हुने हुँदा उक्त कार्यबाट सडक अवरुद्ध हुन नदिनको लागि प्रत्येक वडामा १ जना सरसफाईकर्मी राखिएको छ । आजबाट सो अभियानमा खटिन लागेका सरसफाईकर्मीहरुलाई नगरपालिकाबाट बीमाको व्यवस्था समेत गरिएको मेयर राजन श्रेष्ठले बताए ।
वडा नं. २,३,४,७ र १० का वडा अध्यक्षहरु, वडा सदस्य र कर्मचारीहरु लगाएतको उपस्थितिमा नगर प्रमुख श्रेष्ठ र उप-प्रमुख प्रभा बोगटीले सरसफाईकर्मीहरुलाई विपद् सरसफाई सामाग्री हस्तान्तरण गरेका हुन । सफाईकर्मीहरुलाई वडा कार्यलयको समन्वयमा सुरक्षित ढंगले कामकाज गर्नको लागि नगर प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुले निर्देशन समेत दिएका छ्न ।
प्रतिक्रिया दिनुहोस्