काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बुधबार बसेको बैठकले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
निर्वाचन आयोगले आगामी मंसिर अन्तिम साता उपनिर्वाचनको मिति सरकारलाई प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगका अनुसार विभिन्न स्थानीय तहका ३४ वटा पदमा पदमा उपनिर्वाचन गर्नुपर्नेछ।
रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा पहिलोपटक भाग लिने निर्णय लिएको हो। ‘पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको आगामी उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको छ,’ पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले भने।
प्रतिक्रिया दिनुहोस्