विदुर ३ मा एकीकृत घुम्ति शिविर सम्पन्न

| २०८२ असार ६ गतेमा प्रकाशित

नुवाकोट । विदुर नगरपालिका वडा नं ३ बुधसिंघाटमा विदुर नगरपालिकाको आयोजना तथा बुधसिंघाट कृषि सहकारी संस्था लिमिडेटको समन्वय मा १ दिने एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटि, वडा नं १ अध्यक्ष लेनिन रन्जितको आतिथ्यमा पशु, कृषि मानव स्वास्थको चेकजाँच परामर्श र औषधि बितरण गरिएको छ । कृषिमा तरकारि अन्न बालिहरुको बोटबिरुवामा देखापर्ने रोग किराको प्रकोप समस्याको पहिचान परामर्श ,पशुमा गोवर परिक्षण, पशुपन्छि रोग समस्याबारे परामर्श ,रेबिज विरुद्ध खोप औषधि बितरण भएको थियो भने मानव स्वास्थमा सुगर, प्रेसर अन्य स्वास्थ समस्या परामर्श गरिएको बुधसिंघाट सहकारीका व्यवस्थापक सुर्य बहादुर राईले बताए ।

स्थानीय स्तरमा आत्मनिर्भर दिगो बिकासमा पशु,कृषिले अहम भुमिका खेलेको हुन्छ । जहाँ सम्बन्धि निकायले कृषि पशु क्षेत्रमा विशेष महत्त्वपूर्ण खेलमा स्थानीयस्तर कृषकलाई प्रत्यक्ष टेवा पुग्ने यस्ता कार्यक्रम आगामी दिनहरुमा स्थानीय समय अनुसार गर्नुपर्ने बुधसिंघाट सहकारी संस्थाका कोषाध्यक्ष दीपक ठकुरीले बताए । कार्यक्रममा स्थानीय उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट