मेयर कपको उपाधि विदुर ३ लाई

| २०८२ असार ७ गतेमा प्रकाशित

नुवाकोट । विदुर नगरपालिकाको आयोजनामा तथा नुवाकोट क्रीकेट संघको सहकार्यमा प्रथम विदुर मेयर कप अन्तर वडा टि-२० क्रीकेट प्रतियोगितामा विदुर ३ च्याम्पियन बनेको छ ।

 पिपलटार खेलमैदानमा सम्पन्न  फाईनल खेलमा विदुर ३ ले २० ओभर ६ विकेटको क्षतिमा १८८ रनको योगफल तयार पारेको थियो।

जवाफि व्याटिङमा विदुर ४ ले १८ ओभर ४ बलमा सबै विकेटको क्षतिमा जम्मा ८३ रन मात्र सिमित भएको थियो भने विदुर ३ ले विदुर ४ लाई १०५ रनले पराजित गरेको हो।

बिजेता बिदुर ३ लाई रु ५०,०००/- ट्रफी मेडल प्रमाणपत्र र उपबिजेता बिदुर ४ ले रु २५,०००/- ट्रफी मेडल प्रमाणपत्र प्राप्त गरेको छ

उक्त प्रतियोगितामा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठ ,उपप्रमुख प्रभा बोगटि, वडा नं १ लेलिन रन्जित,वडा नं ३ बद्री प्रसाद रिमाल ,वडा नं ४ निलमबाबु ढुङेल वडा नं ५ लिलानाथ न्यौपाने र जिल्ला खेलकुद समिति नुवाकोटको अध्यक्ष बिजय गुरुङ, नुवाकोट क्रीकेट संघ अध्यक्ष दुर्गाराज पाठक, विदुर नगर खेलकुद संयोजक अच्युतराज महन्त गिरि बिच उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट