राप्रपा चन्द्रागिरि १५ ले गर्यो उम्मेदवार चयन

| २०७८ चैत २४ गतेमा प्रकाशित

काठमाण्डौँ, चैत्र २४
राष्ट्रिय प्रजातन्त्र पार्टी चन्द्रागिरि नगरपालिका वडा नं १५ कमिटिले आसन्न स्थानिय निर्वाचनको लागि उम्मेदवार चयन गरेको छ । आज (बिहिबार) वडा कमिटिको पार्टी कार्यालय उद्घाटन संगै उम्मेदवार पनि चयन गरेको छ । राप्रपा काठमाण्डौँ जिल्ला अध्यक्ष नवराज सिंखडाले पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

276052115-1177360259732152-2597122191712569331-n-7aQhqTlRihkr6jsv3wadDjNN1ktqoNHitm4gVirg.jpg

आगामी वैशाख ३० गते हुने निर्वाचनको लागि उक्त वडाबाट वडाध्यक्षमा सनातन कार्की चयन भएका छन् । त्यस्तै सदस्यहरुमा दिनेश देउजा र राधिका पौडेल (श्रेष्ठ) चयन भएका छन् भने बाँकि दुई जना छिट्टै चयन गर्ने वडा कमिटिले जनाएको छ ।

आयोजित कार्यक्रममा राप्रपा काठमाण्डौँ जिल्ला अध्यक्ष सिंखडा र क्षेत्र नं ९ प्रदेश ख का अध्यक्ष दिलिप कार्कीले चुनाव प्रचारप्रसारको लागि टिसर्ट वडा कमिटिलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

277848273-372938261506994-1220451623415640884-n-cfgxSC5oXprtBLReyrBllq306KaOX6azroVj8gry.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट