प्रगतीशिल प्राध्यापक संगठनको दुई दिने सम्मेलन सम्पन्न

| २०७८ चैत २८ गतेमा प्रकाशित

प्रगतिशील प्राध्यापक संगठन, नेपालको दशौं महाधिवेशन काठमाडौंमा हालै सम्पन्न भएको छ । उक्त सम्मेलन १३५ जनाको केन्द्रीय कमीटी निर्माण भएको छ । जसमा अध्यक्षको रुपमा प्राध्यापक वेदराज केसीलाई चुनेको छ ।सम्मेलनमा देशभरीका क्याम्पसहरुबाट ४१० जना प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कोरोना लगायत विभिन्न कारणले सात वर्ष पछि सम्पन्न भएको सम्मेलनमा कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष ओलीले सबैलाई समेटेर सर्बसम्मत गर्नु भने पनि आफुसंग असहमती राख्नेलाई कमिटी बनाउने जिम्मा पाएकाहरुले पाखा लगाएका छन् । अन्तैबाटलिखित अवस्थाको नाम ल्याएर मञ्चबाट वाचन गरेको, देशभरीबाट आएका प्रतिनिधीहरुलाई मनोनयन गर्न सम्म नदिएको,पुरान कमीटीमाधेरै योगदान दिएका र  प्राज्ञिक क्षमता भएका तर नेताको कार्यशैलीमा असहमती राख्ने र विद्यान सम्मत अघी बढ्न चाहनेहरु कमीटीमा नअटाइएको भन्दैमञ्चबाट नाम बाचन पछि ब्यापक नारावाजी भएको थियो र आयोजकलाई समाल्न गारो भएको थियो । त्यसैगरी अध्यक्ष के.सी.नेपालगञ्जमा प्राध्यापन गर्ने भएको र खसै प्राध्यापकहरुका विचमा चिरपचित नभएको साथै महासचिव खतिवडा एमालेका प्राय नियुक्तिहरु र एमालेको मानवअधिकारवादीसंस्थाको महासचिव लगाउत दजनौं ठाँउमा पदाधीकारी रहेको हुनाले संगठनले काम गर्ने आश चाँहि गर्न नसकिन स्वयं अधिवेशनमा उपस्थित प्रतिनिधीहरुले बताएका छन् ।

कार्यक्रममा सबै भन्दा लाजमर्दौ कुरा त के भने उक्त संम्मेलनमानेतृत्व छनोटको जिम्मा पाएका नेपालसंस्कृतका उपकुपतिलामिछाने र पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार नीलमणी पोखरेलले पदाधीकारीको आफ्रनो मर्यादा नै विर्सिएर एउटा पार्टीको प्राध्यापकसंघको चुनावमानेत्रित्व चयनमा हस्तक्षेप गरी आफ्ना श्रीमतिहरुलाई कमीटिमा राखेर वर्षे देखी काम गरेका र क्षमतावालाई पाखा लगाउने काम भएको थियो । विश्वविद्यालयका पदाधीकारीका यस्ता कृयाकलापले हाम्रा विश्वपिद्यालयहरुको गरिमा कसरी जोगिन्छ? विश्वविद्यालयलाई प्राज्ञिक थलोका रुपमा कसरी विकास गर्न सकिन्छ?प्राध्यापकसंघ कसरी चलायमान हुन्छ?नेत्रित्वविकास कसरी हुन्छ भन्ने आम प्राध्यापकहरुको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट