राप्रपा चन्द्रागिरी ४ मा युवा संगठन विस्तार

| २०७९ असार ३२ गतेमा प्रकाशित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्ट्री चन्द्रागिरी नगरपालिका वडा नम्वर ४ ईकाइ कमिटिले आयोजना गरेको चियापान तथा युवा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार आयोजित उक्त कार्यक्रममा स्थानिय तह चुनावको समिक्षा र आसन्न प्रदेश र संघिय चुनावमा पार्टीको के कस्तो तयारी गर्ने भन्ने बारे पनि छलफल गरिएको छ । राप्रपामा राजेन्द्र लिङदेनको नेतृत्व आए संगै पार्टी प्रति राष्ट्रभक्त युवाहरुको आकर्षण र पार्टी प्रवेश बढि रहेको छ । सोहि अनुरुप चन्द्रागिरी ४ मा पनि राष्ट्र भक्त व्यक्तिहरुको सहभागितामा युवा रविन्द्र श्रेष्ठको नेतृत्वमा युवा संगठन विस्तार गरिएको छ ।

वडा नम्वर ४ का ईकाइ अध्यक्ष प्रदिप बलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य इन्दिरा मिश्र, बिन्दा गिरी, पूर्व केन्द्रिय सदस्य राम कुमार रिजाल, प्रदेश ९ ख का अध्यक्ष दिलिप कुमार कार्की, प्रदेश १० ख का अध्यक्ष अजय श्रेष्ठ, चन्द्रागिरी नगर अध्यक्ष रन्जन गिरी लगायत अन्य विभिन्न तह का नेता तथा कार्यकर्ता, राष्ट्रभक्त स्वतन्त्र व्यक्ति, व्यवसायि लगाएतको उपस्थीति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सहभागिहरुले चन्द्रागिरीमा राप्रपालाई अझ ससक्त ढङ्गबाट अगाडि बढाउन सबै एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट