नुवाकोटमा वैकल्पिक राजनीतिक मोर्चाले स्वतन्त्र उम्मेद‌वार खडा गर्दै

| २०७९ भदौ ४ गतेमा प्रकाशित

 

नुवाकोट- राजनीतिक शुद्धिकरणका लागि बैचारिक मोर्चा भन्ने उद्देश्यका साथ नुवाकोटमा गठित वैकल्पिक राजनीतिक मोर्चाले स्वतन्त्र उम्मेद‌वार खडा गर्ने भएको छ । २ संघिय र ४ प्रदेश क्षेत्र रहेको नुवाकोटमा मोर्चाले निर्वाचनमा स्वतन्त्र र दल भित्रका साझा उदेश्य भएका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

शनिवार बट्टार‌मा आयोजित विस्तारित बैठकले शिर्ष दल बाहेक अन्य दल र स्वतन्त्र एवम पार्टीबाट बाहिर रहेका व्यक्तिलाई समेटेर आगामी मंसिर ४ गते हुने निर्वाचनमा संघ र प्रदेशमा ६ जना उम्मेद‌वार तयार गर्ने निर्णय गरेको वैकल्पिक राजनीतिक मोर्चाका संयोजक दामोदर नेपालले बताए । मोर्चामा रहेका दललाई समेट्‌ने, भ्रष्ट्रचार नगर्ने, स्वच्छ छवि भएका र योग्य उम्मेद‌वारलाई मोर्चाले समर्थन गर्ने संयोजक नेपालले बताए ।

inbound1273005870063026494-Yj1SHxdEv2IkqPw4vKnF9fLTFdjSG9cMGQCQaOqC.jpg

बैठकले चुनाव केन्द्रिय भएर विभिन्न समिति समेत निर्माण गरेको छ । आगामी चुनावका लागि संयुक्त घोषण पत्र निर्माण समितिको संयोजकमा भरत सिग्देल, आर्थिक बिभाग संयोजकमा रामकृष्ण राजभण्डारी सदस्यहरुमा यज्ञ घिमिरे र गायत्री दाहाल, संगठन बिभाग संयोजकमा दामोदर नेपाल सदस्यहरुमा नरोत्तम पान्डे र डोल बहादुर घले, प्रचारप्रसार समिति संयोजकमा राजेन्द्र गजुरेल सदस्यहरुमा पुर्णमान कुमार श्रेष्ठ, गुभाजु अन्जान र रामेश्वर गजुरेल, उम्मेदवार छनाैट समिति संयोजकमा दामोदर नेपाल सदस्यहरुमा शम्भु पनेरु, नरोत्तम पान्डे, आर.के. गौरव रिमाल, सुदर्शन पुडासैनी, गायत्री दाहाल र पुरुसोत्तम गजुरेल रहेका छन ।

रास्ट्रिय स्वतन्त्र पार्टी लगाएत सम्पुर्ण बैकल्पिक धारका राजनैनिक दललाई मोर्चामा आबद्द हुन युवा तथा बिद्यार्थी सङ्गठन बिभाग प्रमुख पुर्णमान श्रेष्ठले आह्वान गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट