अधिकांश स्वतन्त्र तथा स्वतन्त्र पार्टीका उम्मेदवार मंसिर ४ पछि विवेकशील साझामा नै आउछन : अध्यक्ष बास्कोटा

| २०७९ कार्तिक १९ गतेमा प्रकाशित

नुवाकोट- आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचन पछि अधिकांश दल बिहिन स्वतन्त्र तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु विवेकशील साझा पार्टीमा आउने अध्यक्ष समिक्षा बास्कोटाले बताउनु भएको छ । पार्टीका नेता तथा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियाका लागि नुवाकोट आउनुभएको बास्कोटाले उक्त कुरा बताउनु भएको हो ।

आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले आगामी दिनमा पार्टीलाई ससक्त र मजवुद बनाउन केन्द्रिय कमिटि संगै जिल्ला स्तरका नेता कार्यकर्ता पनि एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । नेता कार्यकर्ताको समस्या तथा गुनासाहरु सुन्दै त्यसको समाधानको लागि आफू प्रत्येक जिल्लामा पुग्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा केन्द्रिय प्रवक्ता प्रकाश चन्द्र परियार, समानुपातिक उमेदवार केन्द्रीय सदस्य सुरज प्रधान ,बिमला अधिकारी घिमिरे एवम् शिर्ष नेता सुर्य दिप रेग्मी , दामोदर नेपाल बारु खड्का , जिल्ला संयोजक दामोदर नेपाल, जिल्ला सचिव आरके गौरव रिमाल, सदस्यहरु पूर्णमान कुमार श्रेष्ठ, प्रेम वस्ती, कृष्ण बहादुर खड्का लगाएतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट