राप्रपाद्धारा चन्द्रागिरी नगरपालिकालाई १४ बुदेँ मागसहितको ज्ञापन पत्र हस्तान्तरण

| २०८० असोज २२ गतेमा प्रकाशित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चन्द्रागिरी नगर समितिले चन्द्रागिरी नगरपालिकालाई १४ बुदेँ मागसहितको ज्ञापन पत्र बुझाएको छ । साथै नगरपालिकाको बेथितिहरु विरुद्ध नारावाजि समेत गरेको थियो ।

चाडपर्व नजिकिए संगै बजारमा हुने कालोबजारी न्यूनिकरण गर्न नगरपालिकाले नियमित अनुगमन गर्नुपर्ने, नगरभित्र संचालित योजनाहरु पार्दशी हुनुपर्ने, कवाडी घोटालाको छानबिन, नगरभित्र सशुल्क पार्किगंको व्यवस्था, कृषि सामाग्रीको न्यायोचित वितरण, सरसफाइ र ढल व्यवस्थापन लगाएतका माग राख्दै विरोध जनाएका राप्रपाका नेता कार्यकर्ताले तत्काल आफ्ना मागहरु सम्बोधन हुने गरी कार्य गर्न अनुरोध गर्दै पार्टीका नगर संयोजक रञ्जन कुमार गिरीको नेतृत्वमा मेयर घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

विरोध तथा ज्ञापन पत्र बुझाउने कार्यक्रममा दर्जनौ संख्यामा राप्रपाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट