काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भोलि (मंगलबार) एकै साथ दुई पुस्तक विमोचन गर्ने भएका छन् । पूर्व मन्त्री एवम् नुवाकोट क्षेत्र नं १ का संघीय सांसद हितबहादुर तामाङ र मोहन गोले तामाङद्धारा लिखित दुई पुस्तक विमोचन हुने भएको छ ।
हितबहादुर तामाङको राज्यको रुपान्तरण र मोहन गोले तामाङको तथ्याङ्क र आदिवासी जनजाति नामक पुस्तक मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाण्डौँमा दिउँसो ३ः३० बजे विमोचन गरिने भएको छ ।
उक्त कार्यक्रमको आयोजना ताम्सालिङ नलेज सेन्टरले गरेको हो ।
प्रतिक्रिया दिनुहोस्