पूर्व राजाको अभिव्यक्तिको स्वागतमा कलंकीमा दीप प्रज्वलन

| २०८१ फागुन ९ गतेमा प्रकाशित

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई स्वागत गर्दै कलंकीमा दीप प्रज्वलन गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौ महानगरपालिका वडा नं. १४ को आयोजनामा कलंकी चोकमा दीप प्रज्ज्वलन गरिएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले देशको समस्या सुल्झियोस भनेर त्याग गरेको र अब नेपालको उन्नतिको लागि केके त्याग गर्नुपर्ने हो भन्ने प्रश्न गर्दै उनले अब रास्ट्र जोगाउने हो भने सबैले साथ दिन अनुरोध गरेका छन ।

यस खालको अभिव्यक्तिलाई राप्रपाले स्वागत गरेको छ ।

उक्त दीप प्रज्ज्वलन कार्यक्रममा राप्रपा काठमाडौँ जिल्ला उपाध्यक्ष जयराम अधिकारी, जिल्ला सल्लाहकार गणेश गिरी, जिल्ला सदस्य आनन्द श्रेष्ठ, काठमाडौँ क्षेत्र ९ महिला संगठन अध्यक्ष  सरिता उप्रेती, १४ इकाइ अध्यक्ष सुवासचन्द्र बिष्ट, काठमाडौ क्षेत्र ९ क्षेत्रिय अध्यक्ष जित वहादुर लामा, प्रदेश ९ ख अध्यक्ष दिलिप कार्कि लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्