चुनाव स्थगित गरेको प्रती अखिल (क्रान्तिकारी)को आपत्ति

| २०८१ फागुन २९ गतेमा प्रकाशित

विदुर । नुवाकोट आदर्श बहुमुखी क्याम्पसले स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनाव स्थगित गरेको छ। क्याम्पस प्रशासनले एक सूचना जारी गर्दै चैत्र ६ गतेसम्म बन्द रहने जनाएको छ ।

चैत्र ५ गते तोकिएको निर्वाचन गराउने जिम्मेवारी दिइएको निर्वाचन संयोजकले असहज परिस्थिति सृजना भएको भन्दै राजिनामा दिएकाले निर्वाचन गराउन नसकिने क्याम्पसले जारी गरेको सूचनामा उल्लेख छ । तर क्याम्पसको उक्त निर्णयप्रती अखिल क्रान्तिकारीले भने आपत्ति जनाएको छ ।

अखिल (क्रान्तिकारी) का प्रतिनिधिहरूले क्याम्पस प्रशासनसँग तत्काल चुनावको नयाँ मिति तोक्न माग गरेका छन्। क्रान्तिकारी जिल्ला अध्यक्ष राजेन्द्र पनेरुले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न चुनाव यथाशिघ्र गर्नुपर्ने बताएका छन्।

अखिल (क्रान्तिकारी) ले चुनाव स्थगित गर्नुमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु र क्याम्पस प्रशासनको मिलेमतो रहेको आरोप लगाएको छ। अखिल (क्रान्तिकारी) का नेताहरूले योजनाबद्ध रूपमा चुनाव रोकिएकोआरोप लगाएका छन् ।

उनीहरूले क्याम्पस प्रशासनले निष्पक्ष भूमिका नखेलेको आरोप लगाउँदै अविलम्ब चुनावको नयाँ मिति तोकिनुपर्ने माग राखेका छन्।

निर्वाचनमा अखिल क्रान्तिकारीले आफ्नो छुट्टै प्यानल तयार गरेर चुनावमा जाने तयारी गर्दै गर्दा नेविसंघ र अनेरास्ववियुबिच तालमेल हुनेहुदा त्यसमा क्याम्पस प्रशासनको समेत मिलेमतोमा सुनियोचित रुपमा उक्त निर्णय भएको अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य सगुन सापकोटाले बताइन् ।

messenger-creation-e2620e90-5aea-41a8-87e8-ed4289331794-hHELvmfvwHbveU8vmemXvn1tgOBoUgCGIKOgUsjK.jpeg

प्रतिक्रिया दिनुहोस्