कतारमा तीज विशेष समारोह तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०८२ सावन ३१ गतेमा प्रकाशित

काठमाडौं । नुवाकोट सेवा समाज कतारले तीज विशेष समारोह तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व राज्यमन्त्री, बाग्मती प्रदेशकी निवर्तमान उपसभामुख तथा प्रदेश सभा सदस्य माननीय राधिका तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

यसैगरी, नेपाल प्रवासी तामाङ समाज कतार र बाग्मती प्रदेश समन्वय परिषद कतारको संयुक्त आयोजनामा सम्मान तथा रात्रीभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न संघसंस्था, समाजसेवी र प्रवासी नेपालीको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ ।

यस्तै, आज शनिबार नेपाली जनप्रगतिशील मञ्च कतार र तामाङ घेदुङ कतारको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रम तथा प्रवासी नेपालीहरुसँग भेटघाट कार्यक्रममा समेत सांसद तामाङ सहभागी हुने कार्यक्रम रहेको छ ।

साउन २८ गते उक्त कार्यक्रममा सहभागी हुन कतार पुग्नुभएकाे सांसद तामाङ कतारको सम्पुर्ण कार्यक्रम सकेर भोलि भाद्र १ गते बिहान १० बजे काठमाडौं अवतरण हुने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट