सम्भावना
स्थानिय तहको ५ वर्ष : ३ पालिकामा अझै पुगेनन् बैंक
स्थानिय तहको ५ वर्ष पुरा हुनै लाग्दा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य अझै पूरा भएको छैन। नेपाल राष्ट्र बैंकले भाग लगाएर २०७४ असारभित्र स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकलाई निर्देशन दिएको थियो। तर, सो मिति सकिएको साढे ४ वर्षसम्म पनि ३ स्थानीय तह अझै बैंकविहीन छन्। धादिङको रुविभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साईपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेका छैनन्।