शहिद स्मारक सि डिभिजन छनोट : नुवाकोट युनाइटेड समुह (ओ) मा

| २०७९ असोज ३ गतेमा प्रकाशित

काठमाण्डौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना असोज २ गते भएको समुह बिभाजन तथा खेल तालिका अन्तगर्त नुवाकोटको नुवाकोट युनाइटेड फुटबल क्लब समुह O (ओ) मा परेको छ । युनाइटेडको समुहमा कोटेश्वरको च्याम्पियन व्वाईज फुटबल क्लब (भक्तपुर) र इमाडोल युनिटि क्लब (ललितपुर) सँग समुह चरणमा खेल्नेछ।

नुवाकोट युनाइटेडले पहिलो खेल असोज २९ गते च्याम्पियन व्वाईज फुटबल क्लब र कार्तिक ४ गते ईमाडोल युनिटि क्लब सँग खेल तालिका रहेको छ ,दुबै खेल समय दिउँसो ३ बजे एन्फा कम्लेक्स सातदोबाटो मैदानमा हुनेछ, उक्त प्रतियोगितामा समुह चरण ३ वटा बिजेताहरु सि डिभिजन लिगमा बढुवा हुनेछ।

No description available.

नुवाकोट युनाइटेड फुटबल क्लब वि.सं. २०७८ मा डिभिजन छनोट समुह चरणको फाईनल सम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट