भेट्रान कप २०८० को उपाधि बिदुर १ लाई

| २०८० पौष २८ गतेमा प्रकाशित

नुवाकोट- पृथ्वीनारायण शाहको जन्मोत्सव तथा एकता दिवसको अवसरमा जिल्ला अन्तर वडा स्तरीय भेट्रान कप फुटबल प्रतियोगिताको फाईनल खेलमा बिदुर १ ले बिदुर ३ लाई ४-० गोल अन्तरले पराजित गर्दै बिजेता बनेको छ । विजेतालाई रु २५ हजार ट्रफी मेडल प्रमाणपत्र साथै उपबिजेता बिदुर ३ ले रु १५ हजार ट्रफि मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रम को प्रमुख अतिथि बिदुर ५ नं वडा अध्यक्ष लिलानाथ न्यौपाने ,बिशेष अतिथि बिदुर ३ को वडा अध्यक्ष बद्री प्रसाद रिमाल, पृथ्वी स्मारक संरक्षण समितिका अध्यक्ष गोबिन्दलाल चित्रकार उपस्तिथिमा सम्पन्न भएको छ। पृथ्वी स्मारक संरक्षण समिति तथा देबिघाट जालपा क्लब ले आयोजना गरेको प्रतियोगितामा नुवाकोट जिल्ला फुटबल संघको पदाधिकारीको समेत उपस्थिति रहेको थियो।

No description available.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट