प्रेस काउन्सिल नेपालको अभिमुखीकरण कार्यक्रम सम्पन्न

| २०७९ भदौ ३१ गतेमा प्रकाशित

काठमाण्डौं- अनलाइन सञ्चार माध्यम सूचीकरण अघि प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चालक र सम्पादकलाई दिँदै आएको अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ । शुक्रबार भौतिक र जुममार्फत २७ जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रेस काउन्सिलका सदस्य तथा विषयविज्ञद्धय हरिप्रसाद जोशी र दुर्गा भण्डारीले उपस्थितलाई अभिमुखिकरण दिएका हुन । प्रशिक्षक जोशीले मिडिया र पत्रकार विकाउ हुन नहुनेमा जोड दिएका छन् । सत्य, तथ्य कुरा उजागर गर्न पछि हट्न नहुने बताए । त्यस्तै प्रशिक्षक भण्डारीले काउन्सिलले जारी गरेको महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका– २०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ र ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा व्यवस्था भएका प्रावधानबारे जानकारी दिएका हुन ।

साथै अनलाइन सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकको जिज्ञासाको जवाफ काउन्सिलका आचारसंहिता अनुगमन महाशाखा प्रमुख रामशरण बोहराले दिए। कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य लालबाबु शेख, मुख्य अधिकृत झबिन्द्र भुसालसहित अनलाइन सञ्चालक र सम्पादकहरुको सहभागिता रहेको थियो । तस्वीर : प्रेस काउन्सिल नेपाल

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट