धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा एक दम्पतीको हत्या

| २०७९ मंसिर २६ गतेमा प्रकाशित

काठमाण्डौं- धादिङको त्रिपुरासुदरी गाउँपालिका स्थित मुलपानी आहालेमा बृद्धा दम्पती श्रीमान् श्रीमतीकै हत्या भएको छ ।

अन्दाजी ७० वर्षिय श्रीमान् विष्णु बहादुर आलेमगर र ६५ वर्षिय श्रीमती निरमायाँ आलेमगर को हत्या भएको घटना स्थलबाट एक स्थानीयले बताए ।

श्रीमती निरमायाँको शव घर भित्रै रहेको र श्रीमान विष्णु आलेमगरको शव घर बाहिर रहेको घटना स्थलबाट स्थानीयले बताए । उनीहरु दुई जना मात्रै घरमा बस्दै आएको र उनीहरुको घर अलि एकान्तमा रहेकोले घटना गएराति या हिजो दिउँसो भएको एकीन नभई सकेको बताईएको छ । घटनाको थप विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट