आफ्नो मजदुरीको पैसा माग्दा चमार समुदायका व्यक्तिमाथि कुटपिट !

| २०८० असोज ८ गतेमा प्रकाशित

बुटवल- रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा न ५ खखडौरका चमार युवाहरु आफुहरुले गरेको श्रमको पैसा माग्दा सोही ठाउका गैरदलितहरु मिलेर कुटपिट गरेका छन । केही दिन अघि पोखरामा घर बनाउने कार्य गरि रुपन्देही फर्केका युवाहरुले ठेकेदार मदनले आफ्नो मान्छे रामसेवकलाई पैसा बुझाउने भनी दिएपछि युवाहरु आफ्नो पैसा माग्न जादा जातिय गाली , तल्लो जातको हो भनी लगाएतका विभिन्न गाली गर्दै कुटपिट गरिएको पिडितहरुले बताएका छन ।

कुटपिटबाट घाईते हुनेहरुमा जगदिश चमार , बर्खु चमार ,गौरी , धमलु ,ज्ञानदास , शैलेश चमार गम्भिर घाईते भएका छन भने जय किसोर , अशोक ,सारोज, सन्जु , जलन्धर लगाएत समान्य घाईते भएका छन । कुटपिट गर्ने पिडकहरु मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य फरार रहेका छन । पिडितहरुको उपचार अहिले भैरहवाको सिटि अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कुटपिट गर्नेहरु राम नरायण , याम बहादुर , रामसेवक, टिकोरी , मोनु, सोनु, रामशरण,बर्खु यादव,सर्फु यादव,सन्दीप , प्रदिप यादव ,सलमान खान , अरबाज खान,वसिम खान,करिया , नेवास चाई लगाएत रहेको बताएको छ । उता पिडितहरुका अनुसार रामनरायण लोध , अरबाज नाऊ, मोनु लोध लगाएत पिडकहरु लाई गाउकै जमिन्दारहरु मिलेर भारत फरार गराएको अरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट