सुनौलो बिहानी युवा क्लवको १० औ बार्षिक उत्सव सम्पन्न

| २०८० कार्तिक २ गतेमा प्रकाशित

रोल्पा- सुनौलो बिहानी युबा क्लव रुन्टीगढी वडा नं ९ गुनामले १० औ बार्षिक उत्सव मनाएको छ।“सामाजिक,धार्मिक,खेलकुद एवं पर्यटकीय बिकासमा हाम्रो अभियान” भन्ने मुल नाराको साथमा मनाइएको बार्षिक उत्सवमा बिभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गरिएको छ ।

बार्षिक उत्सवको अबसरमा भलिबल, लोक गित,घैटाफोर जस्ता प्रतियोगीता आयोजना गरिएको छ । भलिबल खेलको लागि महिला पुरुष गरि १७ वटा टीम दर्ता भएको आयोजकले जानकारी दिएका छ । उत्कृष्ट खेल खेलेर प्रथम हुने खेलाडी समुहलाई नगद रु २० हजार पुरस्कार दिइने भएको छ ।
क्लवका निर्वतमान अध्यक्ष खुम बहादुर सार्कीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य सांसद इश्वरी घर्तीको प्रमुख आतिथ्यता एंवम रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनको बिशिष्ट आतिथ्यतामा भएको थियो । त्यीतै अतिथीहरुमा गाउँपालिका उपाध्याक्ष सरिता के सी वडा न ं ९ का वडा अध्यक्ष चेतलाल खत्री, नेकपा एमालेका गाउँकमिटीका अध्यक्ष अमराज बस्नेत , नेकपा माओबादी पार्टीका लुम्बीनी प्रदेश कमीटी सदस्य गोबिन्द पुन, निर्वमान वडा अध्यक्ष नेप बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो ।

प्राय जस्तो राजनितिक दल तथा जनपतिनिधीहरुको दोहोरी जस्तै चल्ने मेला महोत्सवमा हिजो भने सौहार्दपुर्ण ढङ्गबाट खेल उद्घाटन समारोह सम्पन्न भएको छ । प्रमुख अथिति एंवम सांसद घर्तीले खेल उद्घाटन समारोमा बोल्नु हुदै वडा नं ९ मै महाप्रभुको जन्म स्थल भएको र यस क्षेत्र प्रचार प्रसार विकासको हिसावले ओझेलमा परेको हुदा सबै राजनितीक दलहरु आग्रह पुर्वआग्रह नराखि एकजुटभएर यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा लागि पनु पर्ने आवश्यकता रहेको बताइन।

कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष एंम कार्यक्रमका विशिष्ट अथिति पुनले गाउँपालिका भरिका बिभिन्न क्षेत्रको विकासमा गाउँपालिकाको आर्थिक स्रोतले भ्याउने जति कुनै कुरामा कन्जुस नगरि विकास गरिरहेको बताए । क्लवका अध्यक्ष राजन घर्तीको अध्यक्षतामा सुरु भएका कार्यक्रमको सहजिकरण जयन्द्र क्षेत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट