मध्यरातमा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण !

| २०८० फागुन २५ गतेमा प्रकाशित

काठमाडौँ- दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि मध्यरातमा आक्रमण भएको छ ।

बिहीबार राति दुई बजे तीर निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको गाउँपालिका अध्यक्ष जनम सिंह धामीले पालिका वाचलाई बताए । उनका अनुसार झ्यालमा ढुंगामुढा हुदाँ भित्र वा बाहिर कताबाट आगो लाग्यो भन्ने कुराको अनुसन्धान भइरहेको छ ।

अधिकृत अधिकारी घटनामा संलग्नमाथि कारवाहीको माग गर्दै निवेदन लिएर प्रहरी प्रशासनमा पुगेका छन् । उनीमाथि आक्रमणको कारण अहिलेसम्म नखुलेको तर अनुसन्धानका लागि प्रहरी खटिएको अध्यक्ष धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट