किस्पाङ गाउँपालिकामा रक्तदान कार्यक्रम

| २०८१ जेठ ९ गतेमा प्रकाशित

विदुर- नुवाकोटको किस्पाङ गाउँपालिकाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय काहुलेमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन ।

गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाईटी नुवाकोट जिल्ला शाखा रक्त संञ्चार केन्द्रको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको समन्वयमा गरिएको कार्यक्रम गाउँपालिकाका उपाध्यक्ष अर्जुन प्रसाद न्यौपानेले रक्तदान गरी उद्घाटन गरेका हुन । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिक गरि ३४ जनाले रक्तदान गरेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमको अवसरमा २७ औं पटक रक्तदान गरेका नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखा सचिव तथा रक्तदाता अभियान्ता रबिन्द्र न्यौपानेले देशभर रगतको अभाव हुन नदिनका लागि सबैले आ-आफ्नो ठाउँबाट रक्तदान गर्न अपिल समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्