कोन्ज्योसोम गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

| २०८२ जेठ २३ गतेमा प्रकाशित

काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रवार गाउँपालिकाको आयोजना र आब्हान मिडिया प्रा।लि को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

पालिकाको कार्यालय चौघरेमा सम्पन्न कार्यक्रमको प्रमुख वक्ताको रुपमा गाउँपालिका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजन प्रसाद घिमिरे, प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद दुलाल रहेका थिए ।

आयोजित सार्वजनिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुलालले आर्थिक वर्षभरी पालिकाले गरेका कार्य विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष, कर्मचारी, राजनैतिक दलका प्रतिनिधि, स्थानिय नागरिकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट