अमेरिक्मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा

| २०८० असोज ८ गतेमा प्रकाशित

अमेरिकामा बसेर मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेका मृदुल भन्ने हस्त गौतमसहित दुई जनालाई पुर्पक्षको लागि थुनामा पठाएको छ। 

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाले हस्त गौतम र अर्का प्रतिवादी कमल तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको पठाएको सरकारी वकिल कार्यालय काठमाडौंका सहायक न्यायाधिवक्ता चन्द्र संजेलले जानकारी दिए।

उनीहरूविरूद्ध  मानव बेचबिखन ओसारपसार कसुर, संगठित अपराध, ठगी र एकीकृत कसुरमा चार वटा मुद्दा दायर भएको थियो। त्यसमा पुर्पक्षका लागि दुबै जना केन्द्रीय कारागार जगन्नाथदेव चलान भएका हुन्। 

पहिलो फाइलमा ६ जना, दोस्रोमा ४ जना, तेस्रोमा ५ जना र चौथो फाइलमा ३ जनालाई प्रतिवादी बनाएर मुद्दा लगिएको थियो। जसमध्ये हस्त गौतमलाई तीन वटा फाइलमा मुख्य प्रतिवादी छन्। तामाङ चारै वटा मुद्दामा प्रतिवादी थिए। अरू दुई जना प्रतिवादी पूर्ण लामा र भरतकुमार काफ्ले भन्ने व्यक्ति फरार छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट