बिकासमा भ्यू टावर र नेतामा माधव नेपाल अरे:पामेल उपाध्याय

| २०७८ चैत १८ गतेमा प्रकाशित

काठमाडौं ।

 

धेरै कुरा बुझियो ती मध्ये एउटै कुरा बुझ्न सकिएन। अस्ति भर्खरै रुकुम कि कतातिर हो आफ्नै जनता मारेर आफैले आफैलाई क्रान्तिकारी घोषणा गरेका बबुराले हावा घर उद्घाटन गरे अरे। अर्को, आफैले आफैलाई राजनेता घोषणा गरेका ले रुपन्देही कि बुटवल कतातिर हो उस्तै प्रकृती को हावा घर उद्घाटन गरे अरे। अब अर्को, प्रत्येक नेतृत्व कालमा केहिन केही काण्ड मच्चाएर कार्यमा असफल तर, भाग्यमा सफल भएका ले पूर्व तिर गएर यस्तै ठाउँ खोजी खोजी उद्घाटन गर्न मात्र बाँकी छ। मालिक त यस्ता छन् भने चुपचाप सहेर जुनसुकै बिषयमा मौन समर्थन जनाउने चेलाहरु अर्थात कार्यकर्ता कस्ता होलान्।

४६ सालको प्रजातन्त्र स्थापना पश्चात् यिनीहरु नै शक्ति सत्ताको केन्द्र बिन्दु मा रहिआएका छन्। काहीँ कतै उद्योग को उद्घाटन गरेको सुनिएन र देखिएन पनि। सत्तामा हुँदा यति हजार लाई रोजगारी उपलब्ध गराईदैछ भनी बिज्ञापन गरेको देखिएन। शिक्षा र स्वास्थय नि:शुल्क हुनुपर्छ भनी बोलेको सुनिएन। प्रतिपक्षमा रहदा सत्ता पक्षलाई गाली गर्नु देखि बाहेक कुनै संस्कार र सभ्यता पनि देखिएन र यो क्रम आज सम्म निरञ्तर चलिरहेकै छ।

एउटा उदाहरण हेरौं- भिमसेन थापा को हवला दिदै धेरैजना ले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। हुन सक्छ दलिय प्रथामा लिप्त भएर व्यक्ति स्वार्थमा फाईदा उठाउनेहरु देखि बिबेक हराएको अन्धोभक्त कार्यकर्ता वा खाडी को ५५° तापक्रममा गिदि हराएका हरुलाई यो हावा घर उचित लाग्यो होला र त लेखे भविष्य मा ऐतिहासिक कहलिने छ भनेर। ए मूर्ख मनुष्य भिमसेन थापा को पालामा सुचना प्रवाह गर्न को लागी बनाईएको हो भिमसेन स्तम्भ। अहिले ७८साल हो। तिमी कुन ऐतिहासिक को कुरा गर्दै छौँ जबकी बर्तमान नै अन्योलग्रस्त छ। आन्तरिक बजेट ले प्रशासनिक खर्च पनि पुग्दैन। ऋण को भारी बोकेर कतिञ्जेल भिखारी भई रमाउछौं। सक्छौं भने निन्द्राबाट ब्युझ अबेर भैसक्यो। ए सचेत नागरिक हरु हो-कार्यकर्ता भनेको त माथी को सर्कुलेसन भन्दै आदेश पालना गर्ने बफादार सिपाही हुन्। न हैसियत छ न औकात नै। MCC मा यिनका तागत नदेखेको होइन।

बर्तमान नागरिक को हैसियत र स्तर कुन तह अर्थात स्थिती मा छ ! जबकी बिनाकाम को संघीयता पाल्न मात्रै दैनिक झण्डै पैतिस करोड खर्च हुदो रहेछ। अरुलाई मारेर आफू खुंखार क्रान्तिकारी बताउने हरुले त बिरोध गर्ने कुरै भएन। लेख्ने बोल्ने अधिकार पाईयो भन्दै उफ्रिन्छन्। हामी ले त ४६/४७ साल देखि लेख्दै बोल्दै आईरहेका छौँ। ढिलै भएपनी क्रान्ति को नाममा निर्दोष नागरिक मार्ने हरुले चाहिँ भर्खरै लेख्ने बोल्ने अधिकार पाएछन् बधाई छ।

जस्ले लेख्ने बोल्ने अधिकार दिलायो भनी कराउछन् नि- उसैको बारेमा चाहिँ लेख्ने बोल्ने अघिकार रहेनछ। साहित्य संगीत ले भावना बोल्छ। न त भगवान भण्डारी ले बोल्न पाए न त प्रकाश सपूत ले। यस्ता कु बुद्धि ले भरिपूर्ण भएका हरुले अनुत्पादक हावा घर मा लगानी नगरेर के कृषि, उद्योग, शिक्षा, स्वास्थ्यमा लगानी गर्छन् त ? मूर्ख जनता।

प्रसङ्ग बदलौं:-
चीन ले आतंककारी भनेर घोषणा गरेको। रुस ले युद्ध अपराधी भनेर घोषणा गरेको हाम्रा लागी चाहिँ आन्नदाता कृश्चियानिटी ले लगानी गर्दै यो देश लाई बिच सडकमा उत्तानो पारी सुताउदा सम्म थाहा नपाएझै गर्ने हामी सनातनीहरु। धर्म संस्कार संकृती रितिरिवाज पुरै नष्ट हुँदा सम्म चुपचाप सहि बस्ने हामी सनातनीहरु। टाई सुट र छालाको जुत्तामा आफ्नै बाबू को दागबत्ती दिएर काठमाण्डौं का महङ्गा होटलमा के के गर्न पछि नपर्ने हामी सनातनीहरु।

चर्च युनिफिकेसन को लगानीमा बिजनेस क्लास मा सयर गर्दै संसार घुमेर आत्मनिर्भरता र बिकासका कामहरु ठप्पै पार्दै गैरहेको गुनासो छ। रोग, भोक, अभाव, अशिक्षा र पछ्यौटेपनमा दर्ज गराउदै धर्म परिवर्तनमा साथ दिदै गौं बध सम्म पुर्‍याउलानकी भन्ने ठूलो डर छ। कतै हामी ले नै भाग्य विद्याता आदर्शवादी र सिद्धान्तवादी प्रणेता मान्दै आईरहेका बाटै असुरक्षित छौं कि ! चिन्ता बढ्दो छ। सोच्ने बेला आएको छ। ढिलो नगरौं।

आज मलाई एक ब्याक्ती को याद आईरहेछ। जो ठूलै नेता हुन् र एमाले को १५वर्ष माहासचिव हुँदा दासढुङ्गा हत्याकाण्ड हो भनी जनता उचालेर बहुतै ठूलो राष्ट्रवादी बन्दै काङ्ग्रेस सरकार को बिरुद्ध आन्दोलन गराई पदमा रहिरहने तर, छानविन मा कुनै तदारुकता नदेखाउने। भारतिय सेना लगाएर राजा लखेट्नु पर्छ भन्ने तर, तिनै राजा सङ्ग प्रधानमन्त्रीले को लागी बिन्तिपत्र हाल्ने।

तिनै मनुवा ले एकताका उत्तरकोरिया र अमेरिका बिच मध्यस्थकर्ता को भूमिका निर्वाह गरि मैले नै शान्ति स्थापना गराएको हुँ भनेर नेपाली मिडियामा आफुले आफैलाई माहान बताएथे। उनै माहान नेता अहिले टर्की प्रस्थान गरेछन्। सुन्दैछु रुस-युक्रेन युद्ध को वार्ता टर्की मा हुँदै छ रे। सायद हुन सक्छ यिनलाई मध्यस्थकर्ता को निम्ति अन्तराष्ट्रिय जगत ले निमन्त्रणा गरेको होस्। पत्याउने हामी भेंडा जनता छदैछौँ। टर्की प्रस्थान को यात्रा मात्र सफल रहोस्। नमष्कार।

#सबैको_जयहोस्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट