कोन्ज्योसोम गाउँपालिकाको बजेट खर्च ७९.५३ प्रतिशत, पुँजीगत खर्च ६४.७३ प्रतिशत

| २०८३ असार २६ गतेमा प्रकाशित

काठमाडौं- ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को सम्पूर्ण वित्तीय कारोबार सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। गाउँपालिकाले असार २६ गते शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार विनियोजित कुल बजेटमध्ये ७९.५३ प्रतिशत खर्च भएको जनाएको छ।

गाउँपालिकाका अनुसार चालु खर्चतर्फ ९०.११ प्रतिशत र पुँजीगत खर्चतर्फ ६४.७३ प्रतिशत बजेट खर्च भएको छ। आर्थिक वर्षभर स्वीकृत योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, बजेट व्यवस्थापन तथा वित्तीय अनुशासन कायम गर्दै वित्तीय कारोबार सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले बजेट कार्यान्वयनमा सहयोग पुर्याउने अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन शाखा, योजना तथा प्राविधिक शाखासहित सबै कर्मचारी, वडा कार्यालयका कर्मचारी, उपभोक्ता समिति, निर्माण व्यवसायी, सेवा प्रदायक संस्था तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि विकास निर्माणका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सुशासन, वित्तीय अनुशासन र सेवा प्रवाहलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट