वरिष्ठ गायक तथा सर्जक खत्री र शान्ति श्री को आवाजमा ”म्याग्दी दाना रुप्से झरना” सार्वजनिक

| २०८० जेठ ५ गतेमा प्रकाशित

महेन्द्र अधिकारी/काठमाडौं- मौलिक सिर्जना गर्न माहिर लोकप्रिय वरिष्ठ गायक तथा सर्जक बिष्णु खत्रीको र शान्ति श्री परिवारको आवाजमा नयाँ गीत ”म्याग्दी दाना रुप्से झरना” डिजिटल बजारमा सार्वजनिक भएको छ ।

शुक्रवार मात्रै सार्वजनिक यो गीतमा लय, शब्द वरिष्ठ गायक खत्रीकै रहेको छ भने संगीत संयोजन र मिक्सिङ्ग मास्टिरिङ्ग अशिश अविरल को रहेको यस गीतको रेकर्डिङ राग स्टुडियोमा गरिएको हो भने रेकर्डिङ मा मनोज परियार ले साथ दिएका छन् ।

”म्याग्दी दाना रुप्से झरना” को भिडियो विनम्र खत्री ले निर्देशन गरेका छन् । खत्रीको यो पहिलो निर्देशित भिडियो हो । यता गीतको म्युजिक भिडियो समेत उत्कृष्ट बनाइएको छ । यो गीत विशेष गरेर पर्यटकिय स्थल रुकुमको लुकुम, म्याग्दीको रुप्से झरना, बाग्लुङ गल्कोट हुँदै ताराखोला गाईघाट झरना सम्म पुगेर छायांकन गरिएको थियो ।

यस गीतमा राम केसी को छायांकन र पदम सुबेदी को सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा तुलबिर थापा र यशु भट्टराई लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । अहिले सम्मकै महङगो लगानीमा मौलिक पन्चेबाजा सहितको एक भिडियो सार्वजनिक भएको वरिष्ठ गायक खत्रीले जनाएका छन् । उक्त गीत बिष्णु खत्रीको आफ्नो अफिसियल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्