गीतकार निरोज भट्टको शब्दमा पूर्णकला र कुशलको “तप्प आँशु खस्यो” (भिडियो सहित)

| २०८० जेठ १३ गतेमा प्रकाशित

महेन्द्र अधिकारी/काठमाडौ- नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकार र सर्जकहरुले नयाँ-नयाँ गीतहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् । सोही क्रममा गितकार निरोज भट्टको प्रस्तुतिमा भट्टको नयाँ गीत “तप्प आँशु खस्यो” डिजिटल बजारमा रिलिज भएको छ।

यस गीतमा गायक कुशल बेल्बासे र गायिका पूर्णकला बिसी को आवाज रहेको छ । सार्वजनिक भएको गीत निरोज भट्टको शब्दमा र अनिश दवाडि को संगीत रहेको छ भने पवन परियारले संगीत संयोजन गरेका हुन् । “तप्प आँशु खस्यो” गीतको म्युजिक भिडिओमा गायक सुमन परियार, रोशनी कार्कि ,निरोज भट्ट ,उज्ज्वल लामिछाने र बिकाश गुरुङको अभिनय छ भने जसमा स्मृति तिमिल्सिना ‘गुरूआमा’को कथावस्तु एवम् निर्देशन रहेको छ।

गितकार भट्ट सांगितिक यात्रामा मात्रै नभई उनी एक कुशल युवा व्यवसयी संगै समाजसेवी पनि हुन् । “तप्प आँशु खस्यो” बोलको गितले छोटो समयमा नै दर्शक श्रोताको मन जित्न सफल भएको यसै गीतका गितकार भट्टले जनाएका छन् । उक्त गीत निरोज भट्टको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्