कविता : आमा

| २०८० माघ २० गतेमा प्रकाशित

आमा तिमिले कति दु:ख पायौ

न कहिले पेटभरी खायौ।

साहुको मेला गएर साझ खाने चामल जुट्दैनथ्यो

दिनभरिको कामले खान पुग्दैनथ्यो।

दिनरात नभनी काम गरेर हामिलाइ पढायौ

जति दु:ख परेपनी हुर्कायौ बढायौ ।

एकदिन पक्कै बन्द गर्नेछु सत्रुको बोलिलाइ

फेर्न मन छ आमा त्यो तिम्रो पुरानो चोलिलाइ ।

प्रतिक्रिया दिनुहोस्