बाबा कसरी बिर्सन सक्छुर मैले ती पुरानो दिनहरु याद छनी हामिलाइ पढाउन भनि साहुबाट लिएको ऋणहरु ।
सानै थिए बाबा म एकान्तमा बसेर तिमी रुन्थेउके भयो भनी सोद्दा आँसु पुछ्दै मुसुक्क हासी केही भाछैन भन्थेउ।
अब साहुकोमा गएर घोडा धस्नु पर्दैन बाबाहाम्रा पनि दिन आउदैछन कसैको सरणमा बस्नु पर्दैन बाबा ।
बाबा भर्खर त ब्याचलर पढ्दैछु केही गर्न देउ पैलेसाहुले लगेको घर जग्गा छिट्टै फिर्ता ल्याउनेछु मैले ।
अझैपनी यता उता काम गर्छु नभन आमा त रोगी छदैछन बाबा तिमी रोगी नबन ।
हाम्रा त्यि पुराना दुखका दिनलाई सम्झिदै मनमा लिनेछु बाबादेशमा रोजगार नपाएनी खाडी मुलुक गएर हजुरहरुलाइ सुख दिनेछु बाबा।
प्रतिक्रिया दिनुहोस्