भोलि भोलि भन्दा भन्दै गयो जिन्दगी !

| २०८० माघ २६ गतेमा प्रकाशित

क ख ग घ भन्दै सुरु भयो जिन्दगी ,
डाडापाखा पखेराले लयो जिन्दगी ,
भोलि भोलि भन्दा भन्दै गयो जिन्दगी ,
चिम्मलिऐका सपना मै रह्यो जिन्दगी ।

सम्झन्छु ती छरपस्ट साना जिन्दगी ,
बिरक्त लाग्छ फर्केर हेर्दा पाना जिन्दगी ,
बिरहरुको सम्झेर ल्याउदा गाना जिन्दगी ,
तर सुनेर पनि देखेर पनि काना जिन्दगी ।

आकाशको छानो धर्तिको वछ्यान बास जिन्दगी ,
अझैछ मनमा खुसीको जिवन आस जिन्दगी ,
बिचौलिया र राजनितिले बिर्सिएको रास जिन्दगी ,
सोझा साझा दुःखी गरिबको लास जिन्दगी ।।

लेखक : चन्द्रिका अधिकारी/धादिङ,फुलखर्क

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट