जगत लामाद्धारा विद्यालयलाई आर्थिक सहयोग

| २०७८ चैत २३ गतेमा प्रकाशित

काठमाण्डौँ, चैत्र २३
नेकपा (माओवादी केन्द्र)का नेता व्यवसायी तथा समाजसेवी जगत लामा (जगतबहादुर गुरुङ) ले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । बेलकोटगढी नगरपालिका वडा नं ३ मा अवस्थित लक्ष्मीश्वरी माध्यमिक विद्यालयलाई नेता लामाले व्यक्तिगत रुपमा ३ लाख ३३ हजार ३३३ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद पनेरुको अध्यक्षतामा भएको अभिभावक भेलाका क्रममा नेता लामाले उक्त रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । लामा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्य समेत हुन ।

सहयोग हस्तान्तरणमा माओवादी केन्द्र बेलकोटगढी पार्टी नगर इन्चार्ज नविन पुडासैनी, शिक्षक, अभिभावक, विद्यार्थीलगाएतको उपस्थीति रहेको थियो । नेता लामाले २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट बेलकोटगढी नगरपालिका मेयरका प्रत्यासी समेत हुन ।

आगामी वैशाख ३० को स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बेलकोटगढीमा जगत लामा, वर्तमान उपमेयर कविता ढुंगाना, संविधानसभा सदस्य विमला सुवेदी लगाएतलाई मेयरको उम्मेदवार बनाउने चर्चा चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट