काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।
बिहीबार बिहान पौने १२ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६२ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । अब बाँकी तीनमध्ये एक क्षेत्रमा मतगणना जारी छ । दुई क्षेत्रमा मतगणना नै सुरु भएको छैन ।
त्यसमध्ये नेपाली काँग्रेसका उमेदवार ५५ क्षेत्रमा विजयी भएका छन् । नेकपा (एमाले)का उमेदवार ४४ क्षेत्रबाट निर्वाचित भइसकेका छन् । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का उमेदवारले १७ क्षेत्रमा जितेका छन् । नेकपा (एककीकृत समाजवादी)का उमेदवार १० क्षेत्रबाट निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवारले समान सातरसात क्षेत्रमा जित हासिल गरेका छन् ।
लोकतान्त्रिक समाजवादी (लोसपा)का उमेदवारले चार, नागरिक उन्मुक्ति पार्टीका उमेदवारले तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवारले एकरएक क्षेत्रमा जितेका छन् । पाँच क्षेत्रबाट स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । त्यहाँ नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङको अग्रता कायम छ । उनले चार हजार ५९० मत पाएका छन् । दोस्रो स्थानमा रहेकी नेकपा (एमाले)की पद्मा अर्यालले तीन हजार ४५५ मत ल्याएकी छन् ।
दोलखा-१ का १० मतदान केन्द्रमा आज पुनः मतदान भएको छ । बाजुरामा अझै मतगणना सुरु भएको छैन । त्यहाँ ठूलो विवाद छ ।
नेकपा (एमाले) १. उदयपुर–२ – अम्बरबहादुर रायमाझी २. काठमाडौं–९ – कृष्णगोपाल श्रेष्ठ ३. ललितपुर–२ – प्रेमबहादुर महर्जन ४. गुल्मी–२ – गोकर्ण विष्ट ५. झापा–२ – देवराज घिमिरे ६. झापा–५ – केपी शर्मा ओली ७. ताप्लेजुङ – योगेश भट्टराई ८. पर्सा–३ – राजकुमार गुप्ता ९. अर्घाखाँची – टोपबहादुर रायमाझी १०. प्युठान – सूर्य थापा ११. मकवानपुर–२ – महेशकुमार बर्तौला १२. कास्की–२ – विद्या भट्टराई १३. पर्वत – पदम गिरी १४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ १५. रुपन्देही–५ – वासुदेव घिमिरे १६. सोलुखुम्बु – मानवीर राई १७. धनकुटा – राजेन्द्र राई १८. झापा–४ – एलपी साँवा लिम्बू १९. सिरहा–१ – रामशंकर यादव २०. बाँके–१ – सूर्यप्रसाद ढकाल २१. बैतडी – दामोदर भण्डारी २२. कपिलवस्तु–१ – बलराम अधिकारी २३. कञ्चनपुर–१ – तारा लामा तामाङ २४. पाँचथर – वसन्तकुमार नेम्वाङ २५. कास्की–३ – दामोदर पौडेल २६.सर्लाही–३ – हरिप्रसाद उप्रेती २७. मोरङ–२ – ऋषिकेश पोखरेल २८. कपिलवस्तु–३ – मंगलप्रसाद गुप्ता २९. रुपन्देही–१ – छविलाल विश्वकर्मा ३०. रुपन्देही–२ – विष्णु पौडेल ३१. पाल्पा–१ – नारायण आचार्य ३२. कास्की–१ – मनबहादुर गुरुङ ३३. काभ्रे–२ – गोकुल बाँस्कोटा ३४. बारा–३ – ज्वालाकुमारी शाह ३५. बारा–१ – अच्युत मैनाली ३६. पाल्पा–२ – ठाकुर गैरे ३७. सिरहा–३ – लीलानाथ श्रेष्ठ ३८. धनुषा–३ – जुलीकुमारी महतो ३९. सुनसरी–२ – भीम आचार्य ४०. इलाम–२ – सुवास नेम्वाङ ४१. महोत्तरी–१ – लक्ष्मी महतो ४२. इलाम–१ – महेश बस्नेत ४३. धनुषा–४ – रघुवीर महासेठ ४४. सुनसरी–३ – भगवती चौधरी
नेकपा (माओवादी केन्द्र) १. सिन्धुली–२ – लेखनाथ दाहाल २. सिन्धुपाल्चोक–१ – माधव सापकोटा ३.बागलुङ–२ – देवेन्द्र पौडेल ४. रोल्पा – वर्षमान पुन ५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर ६. जाजरकोट – शक्तिबहादुर बस्नेत ७. गोरखा–२ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ८. दाङ–२ – रेखा शर्मा ९. रुकुम पश्चिम – जनार्दन शर्मा १०. खोटाङ – रामकुमार राई ११. भोजपुर – सुदन किराँती १२.मोरङ–४ – अमनलाल मोदी १३. हुम्ला – कार्जेन लामा १४. नुवाकोट–१ – हितबहादुर तामाङ १५. खोटाङ – रामकुमार राई १६. काभ्रे–१ – सूर्यमान तामाङ १७. सर्लाही–२ – महिन्द्र राय यादव
नेकपा (एकीकृत समाजवादी) १. अछाम–१ – शेरबहादुर कुँवर २. बारा–४ – कृष्णकुमार श्रेष्ठ ३. दैलेख–१ – अमरबहादुर थापा ४. सल्यान – प्रकाश ज्वाला ५. डोटी – प्रेमबहादुर आले ६. बझाङ – भानुभक्त जोशी ७. रौतहट–१ – माधवकुमार नेपाल ८. डोल्पा – धनबहादुर बुढा ९. धादिङ–१ – राजेन्द्र पाण्डे १०. दाङ–१ – मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी १. काठमाडौं–७ – गणेश पराजुली २. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ ३. काठमाडौं–२ – सोबिता गौतम ४. काठमाडौं–६ – शिशिर खनाल ५. ललितपुर–३ – तोसिमा कार्की ६. चितवन–२ – रवि लामिछाने ७. चितवन–१ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी १.बाँके–२ – धवलशमशेर जबरा २. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही ३. मकवानपुर–१ – दीपकबहादुर सिंह ४. झापा–३ – राजेन्द्र लिङ्देन ५. चितवन–३ – विक्रम पाण्डे ६. नवलपरासी पश्चिम–२ – ध्रुवबहादुर प्रधान ७.रुपन्देही–३ – दीपक बोहरा
जनता समाजवादी पार्टी, नेपाल १. पर्सा–१ – प्रदीप यादव २. सप्तरी–१ – नवलकिशोर साह ३. सिरहा–४ – वीरेन्द्रप्रसाद महतो ४. सिरहा–२ – राजकिशोर यादव ५. बारा–२ – रामसहायप्रसाद यादव ६. धनुषा–१ – दीपक कार्की ७. सुनसरी–१ – अशोक राई
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १. रुपन्देही–४ – सर्वेन्द्रनाथ शुक्ल २. सर्लाही–१ – रामप्रकाश चौधरी ३. महोत्तरी–२ – शरतसिंह भण्डारी ४. महोत्तरी–३ – महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी १. कैलाली–३ – गंगाराम चौधरी २. कैलाली–१ – रञ्जिता श्रेष्ठ चौधरी ३. कैलाली–२ – अरुणकुमार चौधरी
जनमत पार्टी १. सप्तरी–२ – डा. चन्द्रकान्त (सीके) राउत
राष्ट्रिय जनमोर्चा १. बागलुङ–१ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी १. भक्तपुर–१ – प्रेम सुवाल
स्वतन्त्र १. बर्दिया–२ – लालवीर चौधरी २. सर्लाही–४ – अमरेशकुमार सिंह ३. मोरङ–५ – योगी मण्डल ४. रौतहट–३ – प्रभु साह ५. रौतहट–२ – किरण साह
प्रतिक्रिया दिनुहोस्