वाग्मती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

| २०७९ पौष १३ गतेमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् । 

बुधबार भएको निर्वाचानमा लामाले इन्द्र बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरे ।

प्रदेश संसदीय दलको कार्यालय हेटौँडामा भएको मतदानमा ३७ जनाले मतदान गरेका थिए ।

उनीहरू दुवैजना संस्थापन पक्षका हुन् । लामा सभापति शेरबहादुर देउवा निकट हुन् भने बानियाँ नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट